Connect with us
Kapilvast Forest

ओलीलाई भेट्न रामचन्द्र पौडेल बालकोटमा

२०७८, २१ पुष बुधबारमा प्रकाशित

काठमाडौं -पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उहाँको निवास बालकोट पुग्नु भएको थियो ।

पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गर्नु भएको थियो । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

 

नेकपा एमालेले गत भदौ २३ गतेदेखि नै लगातार संसद अवरोध गर्दै आएको छ । तत्कालिन नेकपा एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले संसदमा बिरोध र नाराबाजी गर्दै आएको छ ।

एमालेको अवरोधका कारण संसदमा महत्वपूर्ण र जनसरोकारको विषयमा छलफल हुन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu