तीनवटै चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ :कांग्रेस महामन्त्रीथापा
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै हुने तर चुनावमा भने कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने बताउनु भएको छ । ‘अहिले जुन गठबन्धन छ, यो गठबन्धन तीनवटै तहको निर्वाचन भइञ्जेलसम्मै रहन्छ । किनकि गठबन्धन नरहे सरकार नै रहँदैन,’ महामन्त्री थापाले भन्नु भएको छ । तर तीन वटै निर्वाचनमा कांग्रेस एक्लैले, आफ्नै तागतले चुनावी प्रतिस्पर्धा गर्नुपर्छ । कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ।’
बुधबार कोइराला समूहको भेलामा बोल्दै महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रा नदेखिएको बताउनु भयो ।सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरा बोल्नुभएको थियो, तर त्यो पालना हुने संकेत देखिएको छैन,’ थापाले भन्नु भएको थियो । उहाँले पार्टीले लिने निर्णयमा ४० प्रतिशत मत ल्याएको समूह र आफ्नै पदाधिकारीसँग समेत छलफल नगरी निर्णय गर्ने कुराले राम्रो संकेत नगरेको बताउनु भयो । महामन्त्री थापाले १६ जिल्लाको अधिवेशन सार्ने विषयमा समेत आफूसँग कुनै परामर्श नभएको बताउनु भयो ।
उहाँले राष्ट्रिय सभा सदस्यको निर्वाचनका उम्मेदवार छनोटमा समेत असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।