Connect with us

६ महिनामा खोप खरिदमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च

२०७८, २१ पुष बुधबारमा प्रकाशित

काठमाडौं -नेपालमा चालु आर्थिक वर्षभित्र कोभिड-१९ विरुद्धको खोप खरिदमा मात्र ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ ।

चीनबाट खोप खरीद गर्ने प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत साउनमा ५ अर्ब २४ करोड रुपैयाँ रकमान्तर निकासा स्वीकृति गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

 

सोही महिनामा खोप खरिद र ढुवानी प्रयोजनका लागि १ अर्ब १० करोड ५० लाख रुपैयाँ समेत रकमान्तर निकासा लिइएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

मन्त्रालयलाई विनियोजना भएको भैपरि आउने बजेट शीर्षकबाट साधारण प्रशासनमा रकमान्तर गरि खोप खरिदमा यो बजेट खर्च गरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu