Connect with us
Kapilvast Forest

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ

२०७८, २१ पुष बुधबारमा प्रकाशित

 

काठमाडौँ – सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेर पठाएको लागत मूल्यका आधारमा प्रस्तावित मूल्यसहितको प्रस्तावलाई उद्योग मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।

 

उखु किसानले भने प्रतिक्विन्टल ६ सय ८० रुपैयाँसम्मको माग गरेका थिए । कम्तिमा पनि प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ हुनुपर्ने उनीहरुको अडान थियो । तर सरकारले भने ५ सय ९० रुपैयाँ निर्धारण गरेको हो ।

चिनी उद्योगीले भने प्रतिक्विन्टल ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताउँदै आएका थिए ।बिहीबारको सार्वजनिक लेखा समितिले सरकारलाई उखुको भुक्तानी चाँडो दिलाउन र समर्थन मूल्य चाँडो तोक्न समेत निर्देशन दिएको थियो ।चिनिमिलहरुले किसानलाई अझै करिब पौने ९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu