Connect with us
Kapilvast Forest

तेक्वान्दोका स्वर्ण विजेतालाई नगद पुरस्कार

२०७८, २१ पुष बुधबारमा प्रकाशित

 

काठमाडौँ — प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका काठमाडौंका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले व्यक्तिगत रूपमा प्रोत्साहनस्वरुप बुधबार नगदसहित सम्मान गरेका छन् ।

 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस १६ र १७ मा सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित वाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

 

व्यक्तिगत स्पर्धामा स्विकार रजक, सुस्मिता मोक्तान र रन्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, वाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई पुरस्कृत गरे ।

प्रतियोगितामा रजत र कांस्य पदक जितेका काठमाडौंका खेलाडीलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । टिम प्रशिक्षकत्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ सम्मानित भए ।

 

काठमाडौं जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र हस्तान्तरण गरेको छ । शंखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा सारदा धिमाल, बूढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौंमा राजेन्द्र पुजारी, नागार्जुनमा सरोज बाँस्कोटा, चन्द्रागिरिमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दशरत्न शाहीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै काठमाडौं जिल्ला तेक्वान्दो संघले विभिन्न समिति गठन गर्दै संयोजकलाई पनि पत्र हस्तान्तरण गर्‍यो । प्रतियोगिता समितिमा सरोज बाँस्कोटा, ग्रेडिङ समितिमा मनोजकुमार शाह, निर्णायक समितिमा अशोक खड्का, जिल्ला टिम तयारी समितिमा गौरव रजक, अनुशासन तथा अनुगमन समितिमा गणेश तामाङ र आर्थिक समितिमा शारदा धिमाललाई संयोजकको जिम्मेवारी दिएको छ ।

सगरमाथा तेक्वान्दो डोजाङ युकेका प्रशिक्षक धिरज गुरुङले उपलब्ध गराएको २५ थान कुर्सी काठमाडौं जिल्ला तेक्वान्दो संघलाई हस्तान्तरण गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu