Connect with us
Kapilvast Forest

बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

एजेन्सी-स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले लिनरेस डेपोर्टिभोमाथि २–१ गोल अन्तरमा जित हात पारेको हो।

खेलमा बार्सिलोनाले १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै महत्वपूर्ण जित निकालेको हो।बार्सिलोनालाई जिताउन डेम्बेले र जुटग्लाले समान १-१ गोल गरेका थिए। लिनरेस डेपोर्टिभोका लागि डियाज सान्चेजले गोल गरेका थिए।

खेलको १९ औं मिनेटमा सान्चेजले गोल गर्दै डेपोर्टिभोलाई सुरूआती अग्रता दिलाएका थिए।दोस्रो हाफको ६३ औं मिनेटसम्म १-० ले पछि परेको बार्सिलोनाका लागि डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले मिन्गुएजाको पासमा गोल गरेका थिए।

त्यसपछि खेलको ६९ औं मिनेटमा जुट्‍ग्लाले गोल गर्दै बार्सिलोनाला२ अग्रता दिलाए।त्यसपछि खेलमा कुनैपनि गोल हुन नसक्दा बार्सिलोनाले खेल २-१ ले जित्यो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu