एमालेलाई अझै सशक्त बनाउन बनाएर हाँक्न मेरो उम्मेदवारी :आचार्य
कपिलवस्तु-एमाले कपिलवस्तुका युवा नेता एवम बुद्धभूमि नगरपालिका वडा नं। ३ का वडाध्यक्ष गोविन्द आचार्य (विकास) ले नेकपा एमाले कपिलवस्तुको जिल्ला उप सचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
विध्यार्थि समयबाटै राजनिति राजनीति गर्नु भएका आचार्य वि।स। २०५९ सालमा नेपाल राष्ट्रिय मावि रनगाईको अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष भई राजनीति
गर्नु भएका आचार्यले यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग, विद्यार्थी र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम उप–सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको आचार्यले बताउनुभयो ।
विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टीका हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा विद्यार्थी तथा युवाहरुको पहुँच पुर्याउन युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको उहाँले बताउनुभयो ।
उहाँले पार्टीलाई अझ सशक्त रुपमा अगाडि बढाउन आफूले जिल्लको उप सचिवमा उम्मेदवारी दिन चाहेको बताउनु भयो । अव पार्टीलाई युवा नेत्रित्व आवश्यक रहेको भन्दै पार्टी मजबुद पार्न आफुले सबै तहबाट पार्टी पहिलो बनाएरै हाँक्न योग्य भएको भन्दै आफनो उम्मेदवारी रहेको बताउनु भयो ।