Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तुको अधिवेशन आज, को को छन प्रतिस्पर्धाको मैदानमा ?

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु- नेकपा (एमाले) कपिलवस्तुको आज हुने नवौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।जिल्लाको वाणगंगा नगरमा रहेको सिद्धार्थ क्याम्पस बुङचीको सभाहलमा हुने हुने जिल्ला अधिवेशनको पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलली भर्चुवल माध्यमबाट गर्ने कार्यक्रम तय भएको नवौं एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनु भयो ।

वडा, गाउँ, नगरपालिका देखी केन्द्रिय महाधिवेशन सम्म सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश प्रवाह गरेको नेकपा (एमाले)ले पौष २३ र २४ मा हुने जिल्ला अधिवेशनबाट समेत नेतृत्व सर्वसम्मत चयनका लागि कसरत गरिरहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

कपिपलवस्तुको नवौं जिल्ला अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयनका लागि पर्यास रहे पनि निर्वाचन हुने प्रवल सम्भावना रहेको वताउनु भयो । भोलि हुने अधिवेशनको लागि अध्यक्ष पदका लागि ६ जना , उपाध्यक्षका लागि ४ जना , सचिवका लागि ३ जना र उप सचिवका लागि १३ जनाले उम्मेदवारी दिने बताउनु भएको छ ।जिल्ला अधिवेशनमा करिव ६ सय प्रतिनिधी सहभागि हुने एमाले कपिलवस्तुले जनाएको छ ।

अध्यक्ष पदमा डम्मर शर्मा , बाबुराम खनाल , नेत्रराज अधिकारी ,खुमा आचार्य ,वावुराम आचार्य , कुमारमधु बेल्वासेले अध्यक्ष पदको लागि आफनो प्रचार प्रसारमा समेत लाग्नु भएको छ त्यस्तै उपाध्यक्षमा चक्रपाणी अर्याल ,विश्राम प्रसाद चौधरी , हिरालाल पौडेल र कृष्ण भटराईले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ । सचिवमा भेषराज पाण्डे , विश्व कार्की र सिवि गहतराज उम्मेदवारी दिने बताउनु भएको छ । उपसचिवमा भने १३ जनाले उम्मेदवार दिने घोषण गर्नु भएको छ । १३ जना आकाक्षिं रहेको उप सचीव पदमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी र बुद्धभुमी नगरपालिका वडा न ३ का वडा अध्यक्ष युवा नेता गोविन्द प्रसाद आचार्य (विकास ) को नाम चर्चामा रहेको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्यि जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu