Connect with us
Kapilvast Forest

ए डिभिजन लिग : आजदेखि आठौं चरणको खेल हुँदै

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदै छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने आजको पहिलो खेलमा अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।

यस्तै‚ मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्ने दाउमा छ। संकटा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो आठ अंकसहित आठौं स्थानमा छ।

आजै दिउँसो पौने ५ बजे हुने दोस्रो खेलमा विभागीय क्लब एपिएफले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ। एपिएफ ६ अंकसहित तालिकाको दशौं स्थानमा रहँदा ७ अंक जोडेको जावलाखेल तालिकाको नवौ स्थानमा रहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu