Connect with us
Kapilvast Forest

जनताको विश्वासलाई धोका हुन दिन्न: सभामुख सापकोटा

२०७८, २५ पुष आईतवारमा प्रकाशित

सिन्धुपाल्चोक -सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नु भएको छ ।

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको समाधान निस्कने बताउनु भयो ।

जनताको मतबाटै सभामुखको जिम्मेवारीमा पुगेको जनाउँदै उनले जनताको विश्वास र भरोसालाई धोका नदिने बताउृनु भयो ।सभामुख सापकोटाले बलेफी –३ फुल्पिङकोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्याससमेत गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj