काठमाडौं – नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २० जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ।
हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी र कपिलवस्तु जिल्लामा नेतृत्व चयन भइसकेको छ। यस्तै गैर भौगोलिक तर्फ मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीको पनि नेतृत्व चयन गरिएको छ।
एमालेको भूगोलतर्फ ७७ वटा र गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन्। जिल्ला अधिवेशन सकिएपछि एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दैछ।
एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो।
कुन जिल्लामा को ?
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल