Connect with us
Kapilvast Forest

जेभियरलाई भ्याली पब्लिक बास्केटबलको उपाधि

२०७८, २६ पुष सोमबारमा प्रकाशित

 काठमाडौं- जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्‍यो। जेभियरका सम्राट भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

 

कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगितामा साइपाल एकेडेमी तेश्रो भयो । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८–३१ ले हरायो । साइपालका साहिल तामाङले १७ स्कोर गरे।

विजेतालाई लेखक डिआर (दयाराम) सिम्खडा, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङ, प्रिन्सिपल कृष्ण अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, कन्सुलर स्विकृति अधिकारी, भद्रकालीकी प्रिन्सिपल अनिता अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

पुस २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।

विगत लामो समयदेखि अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको भ्याली पब्लिकले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेको हो । विद्यालयस्तरीय बास्केटबलले पनि निरन्तरता पाउने संयोजक न्यौपानेले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu