Connect with us
Kapilvast Forest

अफ्रिका कप फुटबलमा सेनेगल, मोरक्को, गिनी र गाबोन विजयी

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

 

एजेन्सी – अफ्रिका कप अफ नेशन्स फुटबलमा गएराति सेनेगल, गिनी, मोरक्को र गाबोन विजयी भएका छन् ।क्यामरुनमा जारी अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताअन्तर्गत गएरातिका सबै चार खेल १–० मा सिमित भए ।

समूह बि को खेलमा सेनेगलले जिम्बाबेलाई तथा गिनीले मलावीलाई १–० ले हराए । यसैगरि समुह सि को खेलमा मोरक्कोले घानालाई तथा गाबोनले कोमोरसलाई १–० ले पराजित गरे ।

कोमोरसले पहिलो पटक अफ्रिका कप अफ नेशन्स फुटबल खेलिरहेको हो । जारी संस्करणको प्रतियोगितामा २४ टोली सहभागि छन् ।

अफ्रिका कप अफ नेशन्सको साविक विजेता अल्जेरिया हो भने ७ उपाधिसहित इजिप्ट अफ्रिकी महादेशको फुटबलमा सर्वाधिक सफल टोली हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu