Connect with us
Kapilvast Forest

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

२०७८, २९ पुष बिहीबारमा प्रकाशित

एजेन्सी -इङ्लिस क्लब चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्याममाथि सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो लेग २–० गोलले जितिसकेको चेल्सीले दोस्रो लेगमा टोटेनह्यामविरुद्ध आरामदायी खेल खेलेको थियो। टोटेनह्याम स्टेडियममा भएको खेलको १८ औँ मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रुडिगरले गोल गरे । यही निर्णायक गोलसँगै चेल्सीले वेम्बली स्टेडियमको टिकट काटेको छ।

चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेता टोलीसँग जनवरी २१ मा प्रतिस्पर्धा गर्नेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu