Connect with us
Kapilvast Forest

५८ जिल्लामा एमालेको नयाँ नेतृत्व (सूचीसहित) 

२०७८, २९ पुष बिहीबारमा प्रकाशित

 

काठमाडौँ – नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुनिने क्रम जारी छ । पुस २३ गते एकसाथ उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेका छन् ।

अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन् भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चुनिएका छन् । देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ ।

हालसम्म ५६ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको छ । पछिल्लो पटक सुर्खेत र कास्कीले नयाँ नेतृत्व पाएको छ । अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको एमालेले जनाएको छ । कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।

यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरुः

प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्र थेबे

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा– बिन्देश्वर मण्डल

बागमती
१. धादिङ – भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली– कुमारबहादुर कार्की
११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ– हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७. नवलपुर–मुक्ती पाण्डे
८. स्याङ्जा – सूर्य प्रसाद गैरे
९. कास्की – मनबहादुर गुरुङ

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम– नन्दराम देवकोटा
५. जाजरकोट – खिमबहादुर शाही
६. सुर्खेत – अमृत विसी

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी– सुरेन्द्र पाल
३. डोटी–चक्र मल्ल
४. कैलाली– रतन थापा
५. दार्चुला– प्रेमसिंह धामी
६. बाजुरा– कालीबहादुर शाही

गैरभौगोलिक
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu