इथोपियामाथि क्यामरुनको सहज जित
काठमाडौँ – अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले इथोपियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ।ओलेम्बे स्टेडियममा बिहीबार राति भएको खेलमा इथोपियालाई हराउँदै क्यामरुनले दोसो जित निकालेको हो ।
डावा होस्टेसा डुकेलेले सुरुआती एक गोल गरे पनि त्यसपछि क्यामरुनले लगातार ४ गोल गर्दै सहज जित निकालेको हो ।क्यामरुन जित दिलाउन कार्ल टोको इकाम्बी र भिन्सेन्ट अबुबाकर दुई-दुई गोल गरेका थिए ।
यस जितसँगै समूह ए को क्यामरुनले २ खेलबाट ६ अंक जोडेको छ । क्यामरुन समूहको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा क्यामरुनले बुरकिना फासोलाई २-१ गोल अन्तरले हराएको थियो ।इथोपियाको यो लगातार दोस्रो हार हो । अंक विहीन इथोपिया पुछारमा रहेको छ ।