Connect with us
Kapilvast Forest

काठको आपूर्ति सहज सहज गर्न आवश्यक पहल हुदै छ : वन मन्त्रि यादव

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

काठमाडौँ- वन तथा वातवरण मन्त्रि राम साहय यादवले जाडोको बेलामा पहाडी तथा तराई भेगका जनतालाइ दैनिक प्रयोगका लागि लाग्ने काठको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताउनु भएको छ ।

वन तथा वातावरण मन्त्रालयमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा मन्त्री यादवले आवश्यक काठ अभाव नहुनेगरी आपूर्तिको पहल हुने बताउनु भएको छ । विशेष गरि घर बनाउन काठको सहजै रुपमा नियोचित ढंगले आपूर्ति, जाडोमा आगो ताप्न लकड़ीको कसरि सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा शाहले छलफल गर्नु भएको थियो ।

छलफलमा शाहले हरियो बन नेपालको धन भन्ने उखानलाइ साचिकै कसरि प्रमाणित गर्न सकिन्छ भन्ने कुरामा योजना बनाएर अघि वड्न पर्ने जोड दिनु भएको थियो । उहाँले बनमा वनको जग्गालाइ वनले रुख विरुवा लगाएर जोगाउन पहल गर्न समेत आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि सांसद शाहले प्रधानमन्त्री सेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu