Connect with us
Kapilvast Forest

शिवपुरका ८१ जना ज्येष्ठ नागरिकलाई सम्मान

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा १ मा रहेका ८१ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । वडाको वार्षिक कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सँग जनप्रतिनिधि अन्तर्गत वडा कार्यालयको सहयोग मा शिवपुर स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

८० वर्ष माथिका ज्येष्ठ नागरिक लाई न्यानो कपडा कम्बल, नगद रकम तथा स्वास्थ्य परीक्षण, औषधि वितरण कार्यक्रम गरिएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिवराज नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई प्रत्येक वर्ष सम्मान गरेकोमा धन्यवाद दिनुभयो ।

समाजमा रहेका अनुभवी ज्येष्ठ नागरिकहरू वाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले ज्येष्ठ नागरिक नगरका गहना रहेकोले सम्मान गरिएको बताउनुभयो । नगरले हरेक क्षेत्रमा विकास गरिरहेको जनाउँदै कोरोनाको उच्च जोखिम रहेकोले सबै सतर्क रहनुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष तथा शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर जिसीको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर प्रमुख नेत्रराज अधिकारी , उपप्रमुख शिवकुमारी थारुको विशिष्ट आतिथ्यता एवम् विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu