उपचारत्मक शिक्षण सम्वन्धी तिन दिने तालिम सम्पन्न
नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा उपचारत्मक शिक्षण सम्वन्धी तिन दिने तालिम सम्पन्न भएको छ । अस्ट्रोलियन सरकार डिफ्याटको आर्थिक सहयोग ग्रामिण शिक्षा तथा विकास केन्द्र (रिड नेपाल) को आयोजना एवं शिवराज नगरपालिकाको समन्वयमा यही पौष २८ गते बाट चन्द्रौटा मा रहेको रास्टिय माध्यमिक विद्यालयमा सुरु भएको तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले उपचारत्मक शिक्षण सम्वन्धी शिक्षकहरुलाई तालिम दिएको भन्दै रिड नेपाल प्रति आभार प्रकट गर्दै तालिममा सिकेका कुरालाई आ आफ्नो विद्यालयमा लागु गर्न सुझाव दिनुभयो ।
यसै विच कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख लोकराज पन्थीले शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको बताउदै शैक्षिक स्तर माथि उकास्नका लागी नगरपालिका सकरात्मक भएको बताउनु भयो ।
शिवराज नगरपालिका का ११ वटा माध्यमिक विद्यालयमाका कक्षा ४ देखी ८ सम्म अङ्ग्रेजी,विज्ञान र गणित विषय अध्यापन गराई रहेका शिक्षकहरुलाई सो तालिम दिएको एजुकेशन अफिसर चन्दु बोहराले जानकारी दिनु भयो । विषेशगरि विद्यालयमा रहेका कमजोर विद्यार्थी को शिकाई उपलब्धि लाई वृद्धि गर्ने उदेश्य ले तालिम दिएको रिड नेपालका कार्यक्रम संयोजक गिता सुवेदीले जानकारी दिनु भयो । तालिममा शिवराज नगरपालिका का ११ वटा माध्यमिक विद्यालयका ३८ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम कोविड १९ लाई ध्यानमा राखी जेड आकारमा गराइएको थियो ।