प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उहाँलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।
‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भन्नु भयो । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उहाँले जानकारी दिनु भयो