Connect with us
Kapilvast Forest

मधेश प्रदेशको चाहना पूरा भयो : मुख्यमन्त्री राउत

२०७८, ५ माघ बुधबारमा प्रकाशित

 

 

सप्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताउनु भएको छ ।मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गर्नु भयो । ‘त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना थियो’ उहाँले भन्नु भयो ‘अहिले त्यो चाहना पूरा भएको छ ।’

 

उहाँले प्रदेशको नाम मधेस राख्न सहयोग गर्ने सबै सांसदलाई धन्यवाद दिनु भएको छ । आफ्नो दल जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी मिल्दा पनि दुई तिहाई नपुगेको भन्दै उहाँले भन्नु भयो , ‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र एमालेका सांसदले पनि यसमा सहयोग गरेका छन् । मधेस नामाकरण भएपछि उहाँहरुले जय मधेश भन्नुभयो । उहाँहरुप्रति आभार र उच्च सम्मान प्रकट गर्दछु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu