Connect with us
Kapilvast Forest

ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरू

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरू गरेको छ।

बिहीबार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरू गरेको हो। महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरु समेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले कोरोना महामारी बढीरहेकोले आम नागरिकलाई सचेत गराउन यो अभियान शुरु गरेको बताउनु भयो । उहाँले सवारीसााधनमा टाँसेको पर्चा र पम्प्लेटले पनि नागरिकलाई मास्क लगाउनुपर्छ भन्ने ज्ञान हुने बताउनु भयो ।

‘यो स्यानिटाइज गर्ने काम हो। अहिले कोरोनाको बिगबिगी बढिरहेको छ। मान्छेलाई थाहा हुन्छ तर त्यो कुरा भनिएन भने मान्छे सजग हुँदैन। मास्कको महत्व थाहा हुन्छ। सचेतना बढाउने प्रयत्न हो यो,’ प्रहरी वरिष्ठ उपरीक्षक जोशीले भन्नु भयो ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान शुरू गरेको बताउनु भयो । उहाँले ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताउनु भयो । उहाँले यो अभियान देशभर नै सञ्चालन हुने पनि बताउनु भयो ।

‘हिजोको दिनको अवस्थालाई बुझेर ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले यो अभियान ल्याएका हौँ। मास्क नलगाइ हिँडेकोले मास्क अनिवार्य लगाउँ भनेर सचेतना अभियान सञ्चालन गरेका हौँ । काठमाडौंबाट दिइएको सन्देश देशभर नै जाओस् । मास्क हाम्रो लागि हो, सबैले लगाइदिनुहोला,’ महासचिव सिटौलाले भन्नु भयो ।

महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj