Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुस्

२०७८, ८ माघ शनिबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन्।

हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प!’ भन्दै सामाजिक सञ्जालमार्फत पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।

शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रह समेत गरेका छन्। कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका शर्माले सुझाव दिँदै भनेका छन्,‘ स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’

यस्तै शर्माले ३ उपचारका पछिल्तिर ३ कारणसमेत औल्याएका छन्।उनले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवारी हुनुपर्ने बताएका छन्।

‘१) राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनैपर्दछ
२) हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न l
३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न l
जय नेपाल’, उनले भनेका छन्।

रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu