Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएकै छैन :सरकारका प्रवक्ता

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।

प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताउनु भयो । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ’ प्रवक्ता कार्कीले भन्नु भयो ।

 

प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गररहेको प्रवक्ता कार्कीको भनाइ छ । संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने उहाँले बताउनु भयो ।

सर्वदलीय बैठक आज बिहान ९ बजेका लागि बोलाइएको समाचार सार्वजनिक भएको थियो । तर प्रमुख प्रतिपक्ष एमालेले आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu