Connect with us
Kapilvast Forest

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति जनमोर्चाको आपत्ति

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

 

काठमाडौं – राष्ट्रिय जनमोर्चा(राजमो)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

राजमोका अध्यक्ष चित्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन । सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन । हामीले मन्त्री यादवको त्यस प्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौँ ।’

 

गत बिहीबार बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिनु भएको थियो ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको हिंसात्मक घटनामा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu