Connect with us
Kapilvast Forest

स्थानीय निर्वाचन समयमै हुनुपर्छ: नेता सिंह

२०७८, ८ माघ शनिबारमा प्रकाशित

parkash

 

काठमाडौं -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताउनु भएको छ ।शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिह’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताउनु भयो ।

 

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उहाँले स्मरण गराउनु भयो ।

‘यो त्यसै बनेको गठबन्धन सरकार होइन, यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भन्नु भयो , ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu