Connect with us
Kapilvast Forest

राष्ट्रिय सभा निर्वाचन लुम्बिनी:पाँच दलिय गठबन्धनका उम्मेद्वारहरु तिव्र प्रचार प्रशारमा

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

 

हरि घिमिरे,कपिलवस्तु-आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका पाँच दलिय गठबन्धनका उम्मेद्वारहरु तिव्र प्रचार प्रशारमा छन् । गत मंगलबार देखि सुरु भएको कार्य तालिका अनुसार आज (सनिवार) कपिलवस्तुमा एक कार्यक्रमका विच भेटघाट गरिएको छ । मतदाता लाई आफ्ना प्रतिबध्ता सार्वजनिक गर्न उनिहरु प्रदेश दौडाहमा रहेका छन् । सोहि क्रममा बाणगंगामा रहेको पिस हिमालय रिर्सोटमा पाँच दलिय गठबन्धनका नेता तथा प्रतिनिधीहरु विच चुनावि छलफल भएको हो । लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थीरताका लागि कानुनी र संबैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने दावि गरेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुल प्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा उत्रेका छन ।
गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका तीनै जनाले आफूहरुले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन । काँग्रेसबाट उम्मेद्वार भएका शर्माले विपिबाट प्रभावित भएर २०३० सालमा काँग्रेस बाँकेको सचिव भएर राजनीति शुरु गरेको बताए । शर्माले आफू निर्वाचित भएपछि संवैधानिक, राजनैतिक र गठबन्धनको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफू आफैँले राजेको बाटो हिड्ने र त्यो बाटो समाजवादको बाटो रहेको बताए ।

त्यस्तै पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूूल्यांकन गरेको बताईन । उनले आम मतदाता र जनताले अपेक्षा गरेअनुसार आफू अघि बढ्ने बताएकि छन् । गैरेले देश, जनता र राष्ट्रियताको पक्षमा निष्पक्ष भएर निरन्तर आवाज उठाउने प्रतिबद्धता जाहेर गरिन् ।

अर्का उम्मेद्वार राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्माले आफूूले राजनीति मार्फत समाजमा रहेका विभेद र सामाजिक न्याय स्थापित गर्न लागि परेको बताउँदै आफ्नो उम्मेद्वारी त्यसैका लागि भएको बताए । विश्वकर्माले सबै जनतालाई समान रुपमा हेरेर जनताको पक्षमा निरन्तर लाग्ने बताए । उनले जनताका बीचमा रहेको समस्या सदनमा उठाउने र उक्त समस्या समाधानका लागि आफू सधैँ क्रियाशील रहने विश्वकर्माको भनाइ छ । विश्वकर्माले अहिले राष्ट्रियता र जनजीविकाको मुद्दा कमजोर बन्दै गएकाले आफूले उक्त मुद्दालाई सशक्त रुपमा सदनमा उठाउने उल्लेख गरे । तीनै जना उम्मेद्वारले गठबन्धनका सबै दलमा रहेकाहरुबाट मत पाउने विश्वास लिएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता, नेपालि कांग्रेस कपिलवस्तुका उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझि, नेकपा माओवादि केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु शाह, जनता समाजवादि पार्टिका लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोख्रेल, जसपा कपिलवस्तु जिल्ला अध्यक्ष सैलेन्द्र यादव, मायादेवि गाँउ पालिका अध्यक्ष बजरङ्गि प्रसाद कुर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको नेकपा एकिकृत समाजवादिका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्र्चाज श्रेत्र बहादुर खत्रिले सञ्चालन गरेका थिए ।

लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ । यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरि २ सय ९६ जना कुल मतदाता छन । यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu