Connect with us
Kapilvast Forest

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

Nepal-Police-Headquarter_

 

 

काठमाडौं – नेपाल प्रहरीमा विशिष्ट श्रेणीको तीन वटा दरबन्दी थप हुने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि पठाइएको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन् । गृह मन्त्रालयका एक अधिकृतका अनुसार खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेका छन्, तर विचाराधीन छ ।

 

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘दरबन्दी त थपिने भयो राम्रो कुरा हो, तर संगठनलाई हेरेर भन्दा पनि व्यक्ति केन्द्रित भएर बढुवा गर्न खोजिँदैछ ।’

अहिले एआईजीको दरबन्दी थप भए बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी हुन् ।

‘प्रतिष्पर्धी धेरै भएपनि दरबन्दी आएकै केही डीआईजी लागेका कारणले हो, त्यसैले जसले ल्याउन भूमिका खेले उनीहरुले नै अवसर पाउने हुन्’, एक डीआईजी भन्छन्, ‘पहुँच नहुनेले अवसर पाउन गाह्रो छ ।’

उनको भनाइमा अहिले एआईजी बढुवाका लागि लबिइङ गर्नेहरुमा डीआईजी वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी लगायत छन् ।

यीमध्ये पन्त र कार्की हालका प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याची हुन्, उनीहरु प्रहरीभित्रका औसत अधिकृत मानिन्छन् । महानिरीक्षक थापाको वैकल्पिक टोलीबाट रहेका प्रतिष्पर्धीमध्ये सिंह र सुवेदी अब्बल अधिकृतका रुपमा गनिन्छन् । अपराध अनुसन्धान र पुलिसिङमा दुई अधिकृत ब्याचकै उत्कृष्ट मध्येका भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘दुई जनाको नाममा खासै विवाद नभएपनि थप एउटा दरबन्दीमा तीब्र लडाइँ चलिरहेको छ’ एक प्रतिष्पर्धी भन्छन्, ‘पन्त, कार्की, धानुकले आ–आफ्नो च्यानलबाट दबाब दिइरहेका छन् ।’ पन्तलाई एआईजी बनाउन सुदूपश्चिमका कांग्रेस नेताहरुको जोडबल छ, कार्कीका लागि गृहमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणको लबइङ छ ।

अर्थमन्त्री जनार्दन शर्मा निकट भनेर चिनिएका धानुक पनि एआईजीमा बढुवा हुन दौडधूप गरिरहेका छन् । एसएसपी छँदा कीर्ते प्रकरणमा सांसद नवराज सिलवाललाई कारबाही नगरेको आरोपमा कांग्रेस सरकारले उनलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu