Connect with us
Kapilvast Forest

स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्नू :निर्वाचन आयोग

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो ।

आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।

त्यस्तै गत पुस ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए । तर, आफ्नो सुझाव अनुसार सरकारले मिति तोक्नमा ढिलाइ गरेपछि आयोगले पुन सरकारको ध्यानाकर्षण गरेको हो ।

‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति बिलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा भनेका छन् ।

२०७४ सालमा वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण ष्री तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार पहिलो चरणमा भएको निर्वाचनको मितिलाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको बताउँदै आएको छ ।

जेठ ५ गतेभित्र निर्वाचन गर्नका लागि निर्वाचन आयोगले पनि तयारी गर्नुपर्ने भन्दै आयोगले सरकारलाई निर्वाचनको मिति तोक्नका लागि पटक पटक ताकेता गर्दै आएको छ ।

हेर्नुस् आयोगको विज्ञप्ति

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu