Connect with us
Kapilvast Forest

भाइकी छोरीको हत्या आरोपमा युवक पक्राउ

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

स्याङ्जा- स्‍याङ्जामा भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।२७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा जिल्लाको चापाकोट नगरपालिका(७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

 

प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै खुट्टा समाएर भुइँमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारका लागि पाल्पाको रामपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पक्राउ परेका ढकालविरुद्ध कर्तव्‍य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न स्याङ्जा जिल्ला अदालतबाट अनुमति लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj