Connect with us
Kapilvast Forest

राप्रपा बागमतीका सांसदले मानेनन् पार्टीको ह्‍विप

२०७८, १२ माघ बुधबारमा प्रकाशित

 

हेटौँडा- प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेको छ। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो।

मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन्। राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा २ जना, प्रदेशसभामा २ जना प्रतिनिधि छन्। राप्रपाले एमालेमा मतदान गर्ने औपचारिक निर्णय गरेको थियो।

दुई पदका लागि हुन लागेको बागमतीमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका २, नेकपा (एमाले)को तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जना चुनावी मैदानमा होमिएका छन्।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्।

एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu