Connect with us
Kapilvast Forest

उपमेयर चढ्ने गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

accident

झापा-झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्।

बा १ झ १७२ नम्बरको स्कारपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ७ का सन्तोष राजवंशी गम्भीर घाइते भएका थिए।

बुधबार साँझ करिब ७ बजेतिर उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि बिएण्डसी अस्पताल लैजाने क्रममा: बाटोमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि उपमेयर उप्रेतीलाई लिएर गाडी विराटनगर आएको थियो। उपमेयर उप्रेती विराटनगर नै बसेकी थिइन् भने अरूलाई लिएर गाडी भने झापा फर्केको थियो।

उक्त गाडीमा नेकपा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोख्रेललगायत कार्यकर्ताहरू थिए। उनीहरूलाई काँकरभिट्टा पुर्‍याउने क्रममा टोकला गेटमा दुर्घटना भएको चालक राजकुमार प्रधानले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।

कार्यकर्ता बोकेर सरकारी गाडी दुरूपयोग गरिएको भन्दै आलोचना पनि भएको छ। घटनापछि मेचीनगरका मेयर विमल आचार्यले सत्यतथ्य बुझ्ने बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu