Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट आज राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुल्ला रक्तदान अभियान शुरू गरेको छ ।संघले पार्टी अध्यक्ष ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उदेश्यले आजबाट अभियान शुरु गरेको हो । बालकोटस्थित ओली निवास अगाडिबाट शुरु भएको अभियान अन्तर्गत रक्तदान कार्यक्रममा सहभागिलाई हौसला प्रदान गर्दै उहाँले राम्रा कामका लागि सधै अगाडि बढ्न युवालाई शुभकामना दिनु भयो ।

 

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले युवाहरु रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार छौँ भन्ने सन्देश युवा संघले दिदै आएको बताउनु भयो । उहाँले केपी ओलीले कोभिड–१९ को ओमिक्रोन भाइरसलाई मात्रै नभई देश र लोकतन्त्र बिरोध भाइरसलाई परास्त गर्न सकुन् भन्ने चाहना युवाहरुको रहेको बताउनु भयो ।

महेश बस्नेतले भन्नुभयो, ‘युवाहरुले भिनरहेका छन्, ओमिक्रोन भाइरसमा मात्रै होइन, केपी ओलीले मुलुकका असंख्य भाइरसहरु, अन्तर्राष्ट्रिय भाइरसहरु, चुनाब नगराएर लोकतन्त्र समाप्त पार्न खोज्ने भाइरसहरु, जनताको समृद्धको सपनाहरु चकनाचु पार्ने भाइरसहरु, एमाले बिरुद्ध गठबन्धन निर्माण गरेर अनेक खाले भाइरसहरु फेरी सक्रिय हुन खोज्दैछन्, त्यस्ता भाइरसहरुलाई तह लगाउन फेरी पनि केपी ओलीको नेतृत्व आवश्यक पर्छ, फेरी पनि नेकपा एमालेको शसक्त नेतृत्व आवश्यक पर्छ ।”

 

बैशाखमा चुनाब हारिन्छ भनेर प्रचण्ड, माधव नेपाल थुरथुर कामेर चुनाबबाटै भाग्दै गरेको टिप्पणी गर्दै युवा संघका इन्चार्ज उहाँले बैशाखमा चुनाव नगर्ने षडयन्त्र गरे युवाहरुले शसक्त आन्दोलन गरेर चुनाव नगराउन लाग्ने नेताहरुलाई सडकमा निस्कनै नसक्ने अबस्थामा युवा संघले पुर्याउने बस्नेतले बताउनु भयो ।

ओली नेतृत्व सरकारको बिरोध गर्ने तत्वहरुले नै देशको हितका लागि नेकपा एमालेको आवश्यकता छ, केपी ओलीको आवश्यकता छ भन्ने यथार्थलाई पुष्टी गरेको बताउदै पूर्वमन्त्री समेत रहनु भएका नेता बस्नेतले भन्नुभयो, “ओली चाहिदैन भन्ने नेपाल बारएशोसियनका पदाधिकारीहरु, वरिष्ट वकिलहरु, काँग्रेसका नेता रामचन्द्र पौडेल, सरकारका प्रवक्ता सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवासमेत बालकोट आएर ओलीसँग सहयोग माग्नुले पनि पुष्टी भएको छ, मुलुकको हितको लागि ओलीको आवश्यकता छ, एमालेको आवश्यकता छ ।”

 

युवाहरुले ओलीलाई ‘बा’ भन्दा बिरोधीको व्यंग्य प्रति टिप्पणी गद्र्रै उहाँले माया गर्ने मान्छेलाई बा वा बाबा भनेर बोलाउने गरेको प्रचलन सबै तिर रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी माया गरेर आफ्नो सन्तानलाई माया गरेर बोलाउछौँ, श्रीमान्ले श्रीमतिलाई, श्रीमतिले श्रीमान्लाई माया गरेर बाबा भनेर बोलाउने गरिएको छ, सिंगो बा र बाबा भन्ने शब्द मायाको प्रतिक हो, त्यसैले आफ्नो देशभरका युवालाई उहाँले आफ्नै सन्तान झै माया गर्नु भएको छ, त्यसैले युुवाहरुले बा भन्दा बिरोधीलाई टाउँको दुख्ने किन ?”

कम्युनिष्ट आन्दोलन सफल बनाउन, नेपाली जनताको मुर्छित सपनाहरु उठाउन, ढलेका धरहरा उठाउन, रानी पोखरी, मेलम्चीको खानेपानी, ठूला सडकहरु बनाउन, सुरुङ र रेल युगमा नेपाललाई लैजाने, पूर्वाधारको विकासमा लाग्दा केपी ओलीको लोकप्रियता देखेर आत्तिएका प्रचण्ड र माधव नेपालले षडयन्त्र गरेर पार्टी फुटाएर सत्ता काँग्रेसको पाउँमा चढाउन गएको भन्दै यसको मूल्यांकन जनताले गर्ने बताउनु भयो ।

 

कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद गोकूल बास्कोटाले पनि सहभागिलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गर्नु भएको थियो । त्यसअवसरमा अध्यक्ष ओलीलाई नेता बस्नेतले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो भने बस्नेत र नेता बास्कोटाले रक्तदाताहरुलाई संघले प्रकाशन गरेको पुस्तक ‘तस्विरमा ओली सरकार’ उपहार प्रदान गर्नु भएको थियो ।

संघका केन्द्रीय अध्यक्ष एंव एमालेका केन्द्रीय सदस्य किरण पौडेलले बालकोटबाट शुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाको १५ ठाउँमा सञ्चालन हुने बताउनु भयो । भक्तपुरको बालकोट र दरबारस्क्वायर ललितपुरको जावलाखेल र पूल्चोक, काठमाडौंको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलंकी, माइतीघर मण्डला, न्युरोडलगायतका ठाउँहरुमा रक्तदान अभियान सञ्चालन गर्ने बताउनु भयो ।

अभियानमा पहिलो दिन आज ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । एक हप्तासम्म उपत्यकाको १५ भन्दा बढि स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu