Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्य सम्पादन समिति गठन हुने

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका हुन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ।

भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषय मुख्य एजेन्डा रहेको बताइएको छ । कार्यसम्पादन समितिमा १४ जना पदाधिकारी र ३१ जना भने मनोनीत सदस्य रहने व्यवस्था छ । सभापति देउवाले १४ औँ महाधिवेशन सम्पन्न भएको २ महिना भइसक्दासमेत पार्टीको कोषाध्यक्ष र प्रवक्ता तोक्न सकेका छैनन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा कोषाध्यक्ष र प्रवक्ता पनि सदस्य हुने व्यवस्था छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu