Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेट : पालिकाको चुनावबारे छलफल

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच मुख्य गरी पालिकाको चुनावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले सरकारलाई पालिका तहको चुनावको मिति तोक्न ताकेता गर्दै आएको छ । तर गठबन्धनका बीचमा सहमति नजुटेका कारण सरकारले अहिलेसम्म मिति तोक्न सकेको छैन । सत्ता गठबन्धनमा ऐन संशोधन गर्ने र पालिकाको चुनाव केही पछि धकेल्नेबारे छलफल हुँदै आएको छ।

यसअघि हिजो प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu