Connect with us
Kapilvast Forest

भिजिट भिसामा अलपत्र परेकाहरुका लागि ‘मार्सल टिम’ गठन

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं-श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि ‘मार्सल टिम’ गठन गरिएको छ। रोजगारीको आश्वासनमा भिजिट भिसामा मलेसिया, दुबई लगायत खाडी मुलुक पुगेर पीडित भएकाहरुको सम्बोधन गर्न यस्तो टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

पीडितको समस्या तत्कालै समाधानका लागि मार्सल टिम बनाइएको उनको दाबी छ । यस्तो मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, नेपाल प्रहरीका प्रतिनिधि लगायत रहने छन् ।

मन्त्री श्रेष्ठले यसले ठग र दलालहरुलाई तह लगाउने दाबी गरे । ‘पीडितहरुको कुरा सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल यसले एक्सन गर्छ। यो ठग र दलालहरुलाई तह लगाउन बनाइएको मार्सल टिम हो’ मन्त्री श्रेष्ठले भने । यसअघि बुधबार भिजिट भिसा बारे अध्ययन गर्न र समस्या सम्बोधनको उपायबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu