Connect with us
Kapilvast Forest

बागलुङमा थपिँदै सुविधासम्पन्न होटल

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

गलकोट- बागलुङमा सुविधासम्पन्न होटल थपिँदै गएका छन् । बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ । जिल्लामा सुविधासम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी नै रहेको छ ।

बागलुङमा पछिल्लो समय होटल रेड एप्पल, होटल दि राजन र सगुन होटल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भिआइपी पर्यटक’होटल सञ्चालनमा ल्याइएको छ । बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । उन्नाइस वर्षदेखि होटल व्यवसायमा जम्दै आएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । पाँच वर्ष काठमाडौँको ठमेल र १४ वर्षदेखि बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आएका चोखालले कालिका मन्दिरमा आउने पाहुना लक्षित गर्दै ३५ बेड क्षमताको कालिका मल्टिप्यालेस सञ्चालनमा ल्याएका छन् ।

विसं २०६५ बाट रु ४२ लाखको लागतमा बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आएका चोखालले होटल व्यवसाय फस्टाउँदै गएपछि कालिका मन्दिर गेटमा रु चार करोडको लागतमा कालिका मल्टिप्यालेस नामक होटल हालैदेखि सञ्चालनमा ल्याएका छन् । कोरोना महामारीको समयमा होटल व्यवसायी समस्यामा पर्दै आए पनि दीर्घकालीन सोंचका साथ होटल व्यवसायमा करोडौं लगानी गरेको होटलका सञ्चालक अर्जुन चोखालले बताए ।

चोखालले बागलुङ आएका पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बागलुङमा स्टार होटलको खाँचो रहेको बताए । “होटल व्यवसायमा लागेको १९ वर्षको अनुभवले होटल व्यवसायको सम्पूर्ण आम्दानी होटल व्यवसायमै लागानी थप्दै गएको छु”, उनले भने, “ विसं २०७३ मा सञ्चालनमा आएको कालिका मल्टिप्यालेमा बस्ने व्यवस्था थिएन, अहिले ३५ बेड क्षमताको एसी डिलक्स कोठासहितको सेवा थप गरेको छु, मल्टिप्यालेसमा मात्रै रु चार करोड लगानी गरिसकेको छु ।”

देशका विभिन्न स्थानबाट कालिका मन्दिर दर्शन गर्न आउने तर राम्रो होटल नभएको भन्दै पोखरा फर्केर बस्ने परिपाटी रहेकाले मन्दिरको प्रवेशद्वारमा पर्यटक लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको उनले बताए । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा बागलुङ पर्यटन विकास समितिका सचिवसमेत रहेका चोखालले कालिका मल्टिप्यालेसले पाहुनालाई सन्तुष्टि दिने गरी होटल सञ्चालनमा ल्याएको बताए ।

जिल्लामा रिसोर्ट तथा स्टार होटलको अझै खाँचो रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । खड्काले ढोरपाटनमा सुविधासम्पन्न होटल नभएकै कारण विदेशी पर्यटक हेलिकोप्टर चार्टर्ड गरेर ढोरपाटन आउने जाने गर्ने गरेको बताए । ढोरपाटन आएका पर्यटकले समेत ढोरपाटनमा सुविधासम्पन्न होटल नभएको भन्दै हेलिकोप्टर चार्टर्ड गरेर पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu