Connect with us
Kapilvast Forest

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी हुन्छ : कमल थापा 

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुने बताउनुभएको छ। सामाजिक सञ्जालमा सक्रिय थापाले शुक्रबार ट्वीट गर्दै यस्तो बताउनुभएको हो। थापाले पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने गरी कानुन बनेको भन्दै त्यसलाई कुनै पनि बहानामा उलंघन गर्नु नहुनेमा जोड दिनुभएको छ।

नेता थापाले संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको भन्दै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन नहुने परिकल्पना गरेको प्रष्ट पार्नुभएको छ।

‘संविधानमा तीन तहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन हुने परिकल्पना संविधानमा छैन’, थापाले ट्वीटरमा लेख्नुभएको छ, ‘यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu