Connect with us
Kapilvast Forest

गड्डाघाट सिंचाइ आयोजना बारे शिवगढिमा सर्वपक्षीय छलफल

२०७८, १५ माघ शनिबारमा प्रकाशित

 

कपिलवस्तु – करोडौंको लगानीमा निर्माण हुने गड्डाघाट सिंचाइ बारे शिवराज ९ शिवगढिमा सर्वपक्षीय भेला गरि छ्लफल गरिएको छ ।

वडा अध्यक्ष चुर बहादुर खड्काको अध्यक्षतामा शुक्रबार वडा कार्यालय परिसरमा उक्त छ्लफल गरिएको हो ।
१५ करोड बढिको लागतमा निर्माण हुने उक्त आयोजना बाट शिवराज र बिजयनगरका करिब ३ हजार घर परिवार लाभान्वित हुने बिश्वास गरिएको छ ।

आयोजना अन्तर्गत किसानको खेत सम्म पानी पुर्याउन करिब १२ किलोमिटर नहर निर्माण गरिने परियोजना इन्जिनियर युवराज भण्डारीले बताउनु भयो । मुहान बाट करिब १२ किलोमिटर दुरि पछि बचेको पानी बिजयनगरको शंकरपुर तालमा संचित गरिने योजना रहेको उहाले बताउनु भयो ।

१० करोड २२ लाख भ्याट बाहेकको रकममा योजनाले पूर्णता पाउने छ । जसमा ४९ लाख बराबरको उपभोक्ताले श्रमदान गर्नु पर्ने वडा अध्यक्ष चुर बहादुर खड्काले जानकदिनु भयो । गड्डाघाट सिंचाइ परियोजना शिवगढिका किसानको भबिस्य सङ जोडिएको उहाले बताउनु भयो । अब शिवगढि बासिले आफ्ना खेतमा पानीको उपलब्धता पाउने छ्न त्यति मात्र होइन आफुले चाहेको खेती गर्न सक्ने छ्न उहाले भन्नू भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu