Connect with us
Kapilvast Forest

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

२०७८, १५ माघ शनिबारमा प्रकाशित

 

काठमाडौँ- काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ।

शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मध्यरातदेखि लागू हुनेगरी यो निर्णय भएको हो।

यसअघि शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए अनुसार यो निर्णय भएको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu