Connect with us
Kapilvast Forest

कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

२०७८, १६ माघ आईतवारमा प्रकाशित

  काठमाडौं– आज आइतवार पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । हिजो शनिवार पनि काेराेना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको थियो ।

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय ४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ५९ जना निको भएका छन् । यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो २४ घण्टाको नभइ यस अघि विवरण प्राप्त हुन बाँकी घटनाहरू रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।

अहिले नेपालमा ८३ हजार नौ सय ९९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu