Connect with us
Kapilvast Forest

बेमौसमी वर्षाले कपिलवस्तुमा १० करोड बराबरका काँचो ईट्टामा नोक्सानी

२०७८, १६ माघ आईतवारमा प्रकाशित

 

विकास बन्जाडे, कपिलवस्तु –

बेमौसमी वर्षाका कारण कपिलवस्तुका ईट्टा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै १० करोड बराबरका काँचो ईट्टा नोक्सानी हुँदा ३० करोडको क्षति भएको दावी गरेका छन् ।
माघ महिनामा दुईदुई पटक बेमौसमी वर्षा हुँदा झन्डै १० करोड बराबरका काँचा ईट्टा नोक्सानी हुँदा ३० करोडको क्षति भएको दावी गरेका हुन् ।भटमा पकाउन तयारी अवस्थामा राखिएको कांचो ईट्टा एकाएकको वर्षाले नोक्सानी भएको व्यवसायीको गुनासो छ । कपिलवस्तु जिल्लामा ७० वटा ईट्टा उद्योग दर्ता भई सञ्चालनमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा उल्लेख छ ।

वर्षाले गर्दा इंटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै चाँसो नदिएको कपिलवस्तु ईट्टा व्यवसायी संघका महासचिव नेत्र पाण्डे बताउँछन् । बर्षाले गर्दा इंटा भटमा कामगर्ने सयौ मजदुरको रोजीरोटी समेत प्रभावित बनेको छ । उता वर्षाले गर्दा रुपन्देही, नवलपरासी, अर्घाखाँची लगायत देशका विभिन्न स्थानका ईट्टा व्यवसायीका समेत करोडौ मुल्य बराबरका इंटा नोक्सानी हुँदा काँचो इंटाको अभावमा यसवर्ष समेत उपभोक्ताले महँगोमा ईट्टा खरिद गर्नुपर्ने बाध्यता हुने भएको बताइन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu