Connect with us
Kapilvast Forest

एमसीसी संसदबाट पारित गरौँः बाबुराम भट्टराई

२०७८, १७ माघ सोमबारमा प्रकाशित

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट सर्वसम्मत पारित गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भट्टराईले एमसीसी सम्झौतालाई आलटाल नगरी पारित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

‘सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही वहानामा प्रतिगमनविरोधी सत्ता गठबन्धन नटुटोस्।’ भट्टराईले थप्नुभएको छ, ‘ यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् । देश थप कङ्गाल बनेर जनसङ्ख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा काँग्रेससहित जसपा एकातर्फ छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दल पारित गर्न नहुने पक्षमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu