Connect with us
Kapilvast Forest

प्रदेश १ को अन्तरघातबारे छानविन गर्ने एमालेको निर्णय

२०७८, १७ माघ सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा भएको अन्तरघातबारे छानविन गर्ने भएको छ ।सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले अन्यत्र पार्टीसँग भए भन्दा बढी मत पाउनु एमालेप्रति व्यक्त भएको भरोसा भनेको छ । तर प्रदेश १ मा भने अन्तरघात भएकाले छानविन गरेर सत्यतथ्य पत्ता लगाउने निर्णय भएको सचिव पद्मा अर्यालले जानकारी दिइन् । यद्यपि छानविनका लागि कुनै कमिटी बनेको छैन ।

 

१२ माघ भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा महिला, अल्पसंख्यक र अन्यतर्फ मतदान भएको थियो । अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । तर महिलातर्फ सुमित्रा भण्डारी र अन्य तर्फ गुरु बरालले एमालेकै प्रदेशसभा सदस्यहरुकै मत पाएनन् । एमालेका ४० सांसद छन्, तर ३८ जनाले मात्र बराललाई मत दिएका थिए । यद्यपि स्थानीय तहतर्फ उनले गठबन्धनबाट मत पाएकाले कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर ४,४८८ मत पाएका थिए । तर गोलाप्रथामा बस्नेत विजयी भए ।

अन्तरघात भएकै कारण बराल हार्नु परेको भन्दै एमालेको प्रदेश १ कमिटीले छानविन गर्न माग समेत गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu