Connect with us
Kapilvast Forest

एमसीसी पारित गर्न सबै पोजेटिभ छौं :गठबन्धनका संयोजक पौडेल

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

काठमाडौं – सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पारित गर्ने विषयमा गठबन्धनका सबै दल ‘पोजेटिभ’ रहेको बताउनु भएको छ ।

 

गठबन्धनका शीर्ष नेताबीच एमसीसी पारित गर्ने सहमति भएको सन्दर्भमा नेपाल प्रेससँग कुराकानी गर्दै नेता पौडेलले राष्ट्रिय महत्वका विषयमा गठबन्धनले साझा धारणा बनाउँदै जाने बताउनु भयो । एमसीसीबारे सार्वजनिक भएका चासोहरुलाई सम्बोधन गर्नेगरी संसदबाट अनुमोदन गराइने पौडेलले बताउनु भयो ।

गठबन्धनमा एमसीसीबारे कुनै विवाद नरहेको बताउँदै नेता पौडेलले बुझाइ फरक भए पनि विस्तारै ‘साझा धारणा’ बन्दै गएको बताउनु भयो ।

‘गठबन्धन सरकारले राष्ट्रिय महत्वका धेरै विषयमा साझा धारणा बनाएको छ । त्यसमध्ये एमसीसी पनि एक हो’, पौडेलले भन्नु भयो । उहाँले एमसीसीबारे अलमलमा बस्नुभन्दा टुंगो लगाउनु उत्तम हुने कुरा आफूले गठबन्धनमा राखेको बताउनु भयो । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे प्रष्ट कुरा गर्नुपर्ने भन्दै नेता पौडेलले अब संसदले निकास खोजनुपर्ने बताउनु भयो ।

‘एमसीसी नचाहिने नै हो भने उहाँहरूले रिजेक्ट गर्छौं भन्नसक्नुपर्‍यो । होइन भने दोहोरो कुरा गरेर जनतालाई अलमलमा पार्नु हुँदैन । राष्ट्रघाती छ भने कहाँ छ देखाउनुपर्‍यो भनेर हामीले भनेका छौं । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । केही दिन समय माग्नुभएको छ’, पौडेलले भन्नु भयो ।

पौडेलले एमसीसी अमेरिकी ईण्डोप्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्दै वैदेशिक अनुदान लिने विषयमा विवाद गर्न नहुने बताउनु भयो ।

‘निकास त देशलाई दिनुपर्‍यो । गठबन्धन अब निरीह बसिरहन सक्दैन । सबै विषयमा गठबन्धन क्लियर कट हुनुपर्छ’, पौडेलले भन्नु भयो । उहाँले मुलुक सधैँ ऋणमा नचल्ने भन्दै अनुदानमा प्राप्त सहयोग लिनु अन्यथा नहुने बताउनु भयो ।

‘हामीले विकासका लागि अन्तर्राष्ट्रिय सहयोग त जुटाउनै पर्छ नि । अमेरिकामात्रै होइन भारत, चीन, जापान, बेलायत जसले दिए पनि विकासका लागि सहयोग त लिनुपर्‍यो नि’ पौडेलले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu