Connect with us
Kapilvast Forest

हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

२०७८, १९ माघ बुधबारमा प्रकाशित

jel

दैलेख – दैलेखकाे नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ ।

मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टिकाराम न्यौपानेले जानकारी दिनुभयो । हत्या घटनामा संलग्न तेश्रो व्यक्ति कालिकोटको महाबै गाउँपालिका–४ डिल्लीकोट घर भइ हाल तोलीराइलीमै बस्ने ३३ वर्षीय बीरबहादुर शाहीको हकमा कसुर ठहर भएको तर कति वर्ष कैद हुने भन्ने बारे माघ २८ गतेको पेसीमा हुने फैसलापछि मात्र थाहा हुने सूचना अधिकारी नासु न्यौपानेले बताउनुभयो ।

एउटै अपराध घटनामा कसुरदारहरुको संलग्नताको अवस्था र दोषको मात्रा अनुुसार मागदावी भन्दा कम सजाय हुनसक्ने मुलुकी फौजदारी सहिंतामा व्यवस्था भए अनुसार न्यायाधीशले कसुर ठहर गरेको ३० दिनभित्र अर्को पेशी तोकी सजाय निर्धारण सहित अन्तिम फैसला गर्नुपर्ने कानुनी व्यवस्था छ । गाउँकै छिमेकीको आगनमा ०७७ कात्तिक १० गते साँझ दशैंको दिन आपसी झगडामा कसुरदारहरुले भूपेन्द्रबहादुर शाहीको टाउकोमा प्रहार गरेको बाँसको भाटाको चोटले कात्तिक ११ गते साँझ ज्यान गएको विषयमा कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित पक्षले उजुरी गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu