Connect with us
Kapilvast Forest

जेठमा हुने स्थानीय चुनावमा पनि गठबन्धन मिलेर अघि बढ्छ :माधव नेपाल

२०७८, १९ माघ बुधबारमा प्रकाशित

 

 

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताउनु भएको छ ।

बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताउनु भयो ।

 

‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ’ उनले भने, ‘ त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’

अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताउनु भयो । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उहाँले भन्नु भयो ।

 

सत्तारुढ गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको भन्दै नेता नेपालले राष्ट्रिय सभा निर्वाचनबाट सुरु भएको चुनावी गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि जारी रहने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu