Connect with us
Kapilvast Forest

पेट्राेलियम पदार्थमा गरिएकाे मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन

२०७८, १९ माघ बुधबारमा प्रकाशित

 

काठमाडौं– पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।

 

आज बुधवार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर आहत दिने काम गरेको बताउनुभयो ।

 

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखी बारम्बार पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्नु दुःखद भएको बताउनुभयो । उहाँले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर झनै मारमा पारेको बताउनुभयो । उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्य वृद्धि गर्नु लाजमर्दो भएको बताउनुभयो ।

 

सरकारले हिजाे मङ्गलवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu