Connect with us
Kapilvast Forest

क्रिप्टोकरेन्सीले साेझासिधा मानिस फस्न सक्छन्, अर्थतन्त्र डुब्छ

२०७८, १९ माघ बुधबारमा प्रकाशित

 

काठमाडौं- नेपाल लगायत विश्वका धेरै देशमा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ तर कारोबार बढ्दो छ । क्रिप्टोकरेन्सी अभौतिक मुद्रा हो । जसको कुनै भौतिक अस्तित्व छैन । साथै यसको भुक्तानीको ग्यारन्टी नभएकाले नेपाल जस्ता देशमा यसबाट धेरै सोझासिधा मानिस ठगिन सक्ने पूर्व अर्थसचिब रामेश्वर खनालको भनाइ छ ।

ब्लक चेन टेक्नोलोजी क्रिप्टोकरेन्सीको कारोबार गर्ने प्रविधि हो । यो गोप्पनियताको दृष्टिकोणले एकदमै सुरक्षित मानिएको छ । यसलाई नेपाली मौद्रिक नितिमा प्रयोग गर्न सकिन्छ । तर क्रिप्टोकरेन्सी प्रयोग गर्न सकिदैन ।
भौतिक अस्तित्व नभएको मुद्रा हो ‘क्रिप्टोकरेन्सी’ । यसको कारोबार नगर्नका राष्ट्र बैंकले समय–समयमा सचेत गराउने गरेको छ । नेपालमा २२ वटा विट क्वाइन जस्ता क्रिप्टोकरेन्सीले कारोबार गरिरहेका छन् । यो गैरकानुनी कारोबार रहेको बताउनुहुन्छ पूर्व अर्थ सचिव खनाल ।

मुद्रा कुनै पनि देशको सरकार वा केन्द्रीय बैंकले जारी गर्छ । त्यो जारी गर्नका पछाडि धितो रहेको हुन्छ । जस्तो नेपालमा नेपाल राष्ट्र बैंकले मुद्रा जारी गर्छ । त्यो मुद्रामा लेखिएको हुन्छ । ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट तुरुन्त पाइने छ ।’ किनभने त्यो बराबरको सुन वा विदेशी मुद्रा धितो त्यहाँ राखिएको हुन्छ । कुनै पनि मुद्रा विना धितो जारी गर्न पाइँदैन ।

तर, क्रिप्टोकरेन्सी कसले जारी गर्यो त्यो थाहा छैन । त्यसको भुक्तानी बराबर केही देखिदैन । यो अदृश्य सुरक्षा विनाको मुद्रा हो । अहिले धेरै मानिस सट बजारी गरी नाफा कमाउन सकिने, केही समय पैसा संग्रह गरेर राख्ने सकिन्छ भनेर क्रिप्टोकरेन्सीमा लगानी गर्ने गरेका छन् । तर त्यो कहाँ लगानी भएको छ, कुन बैंकमा छ थाहा छैन, यसलाई चाहेको बेला प्रयोग गर्न सकिदैन । त्यसकारण यो नेपालमा मात्र नभइ लगभग विश्वभर प्रतिबन्धित छ ।

क्रिप्टोकरेन्सीको कारोबार गर्ने एउटी महिला जो ‘क्रिप्टो क्वीन’ नामले परिचित हुनुहुन्थ्यो । तर उहाँले नेपालबाट करोडौं अमेरिकी डलर लिएर गएब भएको तितो यथार्थ नेपालमा रहेको सचिव खनाल स्मारण गर्नुहुन्छ । क्रिप्टोकरेन्सी किनमेल हुन्छ । तर यसको भौतिक बजार हुँदैन ।

यसरी नेपाली सार्वसाधरण फस्ने खतरा धेरै छ । बैंकमा जम्मा गरेको पैसा छ भने बैंक डुबे पनि सरकारबाट पैसा पाउने ग्यारेन्टी हुन्छ । क्रिप्टोकरेन्सीमा त्यो हुँदैन । आम नागरिक डुब्न सक्ने हुन्छ । नागरिकको सुरक्षाको लागि नेपालमा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ । जुवा र यसमा केही फरक छैन । अहिले पेरु सरकारले मात्र यसलाई स्वीकृति दिएको छ । त्यसको परिणाम हेर्न बाँकी छ ।

संसारका विकसित र धनी मानिएका देशले अहिलेसम्म क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता भने दिएका छैनन् । नोटको ठाउँमा डिजिटल मुद्रा जारी गर्ने तयारीमा अमेरिका रहेको र चीनले जारी गरी सकेको र त्यो क्रिप्टोकरेन्सीको विकल्प हुन सक्ने हुन्छ । डिजिटल मुद्रा कोड विना खुल्ने हुँदैन ।

कुनै पनि अदृश्य मुद्राले कारोबार गर्न थालेपछि अर्थ नीतिले काम गर्दैन । तर अहिले नेपालको मौद्रिक नीतिले काम गरिरहेको भन्दै उहाँले भन्नुभयो,‘यो कुरा नेपाल राष्ट्र बैंकलाई थाहा छ, थाहा भएन भने सबै काम निष्कृय हुन्छ ।’ यसले कोही अकल्पनीय तरिकाले धनी हुन्छ भने कोही टाट पल्टिने हुन्छ ।

क्रिप्टोकरेन्सीले गरेको कारोबार कतै नदेखिने हुँदा अपराधिक गतिविधि बढ्ने हुन्छ । यसले अतंकाकारी गतिविधि बढाउन सहयोग गरेकाले धेरै मुलुकले अबैध मान्दै आएका छन् । यसले डुबाउछ भनेर चिन, भारत, अमेरिकालगायतका देशले प्रतिबन्ध गरेका छन् । भने नेपाल जस्तो अल्पविकसित देशमा न दक्ष जनशक्ति छ न त प्रविधि यो हाम्रो पहुँच भन्दा टाढा रहेको छ । क्रिप्टोकरेन्सीले नेपालमा नकारात्मकबाहेक सकारात्मक काम गर्दैन । यसको भविष्य नेपालमा देखिदैन । तर यसको प्रविधिको प्रयोग गर्न सकिन्छ । त्यसको महत्व छ ।

गएको मौद्रिक नीतिमा विद्युतीय मुद्राको तयारी गर्ने कुरा रहेको छ । यसको लागि यो प्रविधि उपयुक्त हुन्छ । जस्तो बैंक टू बैंक, मोबाइल टू मोबाइल गर्ने बैंकिङ्ग प्रणालीको कामका लागि क्रिप्टोकरेन्सीमा प्रयोग भएको प्रविधि राम्रो हुनेछ भन्नुहुन्छ सचिव खनाल ।

गोरखा पत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu