Connect with us
Kapilvast Forest

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 

 

 

काठमाडौं- बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा सेनेगलले ३-१ गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा दुवै तर्फबाट ४ गोल भएको थियो । खेलको ७० औं मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा अर्को गोल थप्दै सेनेगलले २-० को अग्रता लिएको थियो । खेलको ८२ औं मिनेटम बुर्किना फासोले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो ।

यद्यपि खेलको ८७ औं मिनेटमा सेनेगलको लागि साडियो मानेले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए । अब सेनेगलले फाइनलमा इजिप्ट र क्यानरुमबीच हुने दोस्रो सेमिफाइनलको खेलको विजेतासँग खेल्ने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu